दफा १३१
संरक्षक वा माथवरले पनि मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्न सक्ने

कुनै नाबालकको आमा बाबु दुवैको मृत्यु वा वेपत्ता भएको, बाबुको मृत्यु भई आमाले अर्को विवाह गरिसकेको वा निजका बाबु, आमा दुवैको होस ठेगानमा नभएको कारणले निज संरक्षक वा माथवरसँग बसेको रहेछ भने निजको संरक्षक वा माथवरले यस परिच्छेद अन्तर्गत आमा बाबुले प्रयोग गर्न पाउने मातृक तथा पैत्रिक अख्तियारी, पूरा गर्नु पर्ने जिम्मेवारी वा पालना गर्नु पर्ने कर्तव्य प्रयोग गर्न, पूरा गर्न वा पालना गर्न सक्नेछ ।